देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कलाकार लामाको आज अन्तिम संस्कार गरिँदै

देशान्तर

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको आज बिहीबार अन्तिम संस्कार गरिँदैछ ।

बुधबार बिहान निधन भएका लामाको आज स्वयंभुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

लामाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान १० देखि १२ बजेसम्म जमलस्थित नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा राखी स्वयम्भूमा अन्तिम संस्कार गरिनेछ । उनको परिवारमा पत्नी र दुई छोरा छन् ।

यसअघि बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गायक लामाको निधनप्रति दुःख व्यक्त गरेका थिए ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि कलाकार लामा बुधबार बिहान मृत फेला परेका थिए ।

प्रहरीका अनुसार लामा आफ्नै गाडीमा अल्झिएर लड्दा मृत्यु भएको हो ।