काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभाबी पार्किङ गर्ने गाडीमाथि पुनः कारबाही अभियान थालेको छ।
ललितपुरको पाटन क्षेत्रबाट जथाभाबी सडक तथा फुटपाथमा पार्किङ गरेका गाडीलाई हटाउन स्वीप अपरेसनु चलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।
सडक तथा फुटपाथ अतिक्रमण गरी अनधिकृतरूपमा पार्किङ गर्ने जुनसुकै प्रकारका गाडीलाई कारबाहीको दायरामा ल्याउन यो अभियान चलाइएको जनाइएको छ । यसले आम सडक प्रयोगकर्तालाई सडक तथा फुटपाथको निर्बाध प्रयोग गर्न र गाडी आवागमनमा समेत सहजता ल्याउने विश्वास लिइएको छ।
महाशाखाले अभियानको पहिलो दिन हिजो ललितपुरबाट ३७ गाडीलाई कारबाही गरेको छ। ट्राफिक प्रहरीले आवागमनमा असर पर्ने गरी पार्किङ नगर्नसमेत सचेत गराएको छ। यता बौद्ध क्षेत्रमा गरिएको स्वीप अपरेसनमा १०० गाडीलाई कारबाही गरिएको छ भने आसपासका अन्य सडकमा पार्किङ व्यवस्थापनसमेत गरिएको महाशाखाले जनाएको छ।





प्रतिक्रिया