काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
आज शुक्रबार बिहान देशका सुदुरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश–१ मा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार दिउँसो भने देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश–१ को उच्च पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका अन्य भू–भागमा भने आंशिक बदली हुनेछ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश–१ का केही स्थानमा भने मेघ गर्जन–चट्याङ्ग सहित हल्का वर्षाको समेत सम्भावना हुनेछ । देशको उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना समेत भएको महाशाखाले जनाएको छ ।
त्यस्तै, शुक्रबार राति भने देशको सुदूरपश्चिम लगायत कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश–१ उच्च पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य भू–भागमा भने आंशिक बदली हुनेछ ।
सुदूरपश्चिम,कर्णाली, गण्डकी, बागमती र प्रदेश–१ का केही स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का वर्षाको समेत सम्भावना रहेकोछ । त्यस्तै, देशको उच्च पहाडी र हिमाली भू–भाग का केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।





प्रतिक्रिया