काठमाडौं – माइसंसार डटकम ब्लगमा प्रकाशित सामग्रीको आशय नै नबुझी प्रहरीले पत्रकार उमेश श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइमको मुद्दासमेत लगाउन सक्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ।
उक्त ब्लगमा एमसिसीको बारेमा ‘फेक न्युज’ बनाएर पत्रकारिताको बदनाम गर्नेहरू’ शीर्षकमा लेखिएको सामग्रीलाई लिएर साइबर ब्युरोको कार्यालयमा बोलाई ब्युरोका प्रहरी नायव उपरीक्षक प्रदिन ताम्राकारले पत्रकार श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइम को मुद्दा लगाउने धम्की दिएका थिए।
प्रहरीलाई सहयोग पुग्ने आशयमा लेखिएको उक्त ब्लगको भित्री कुरो नबुझी ब्युरोका जिम्मेवार अधिकारीबाट पत्रकारलाई स्पष्टीकरणको मौकासमेत नदिई धम्काउने कार्य गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप रहेको महासंघको ठहर छ।
महासंघले पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र आगामी दिनमा यस्ता विषयमा गम्भीर भई यस किसिमका घटना नदोहोर्याउन प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको छ।






प्रतिक्रिया