देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

म यस्तो गीत गाउँछु २ का निर्माता तथा निर्देशक थापा पक्राउ

देशान्तर

काठमाडौं – पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ। बानेश्वर प्रहरी वृत्तले सोधपुछका लागि थापालाई नियन्त्रणमा लिइएको जनाएको छ।

सोधपुछकै लागि फिल्मकी अभिनेत्री तथा निर्माता पूजा शर्मालाई पनि नियन्त्रणमा लिने तयारीमा रहेको बताइएको छ। एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिएर फर्कने क्रममा थापा पक्राउ परेको बुझिएको छ।

बुधबार जबरजस्ती करणीको मुद्दामा उजुरी परेपछि प्रहरी पलको खोजीमा छ। शुक्रबारदेखि पल अभिनित फिल्म म यस्तो गीत गाउँछु २ प्रदर्शनमा आएको छ। फिल्म प्रचारका क्रममा निर्माता थापा र अभिनेत्री शर्माले पलको पक्षमा बोल्दै आएका थिए।