देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

होटलभित्र महिलाको शव फेला

देशान्तर

काठमाडौँ – सुनसरीको धरानमा रहेको एक होटलभित्र महिलाको शव फेला परेको छ ।

धरान उपमहानगरपालिका– १८ बुद्धचोकमा रहेको न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा अन्दाजी ३०–३५ वर्षीय महिलाको शव फेला परेको हो ।
प्रहरीका अनुसार महिला दुई दिनयता होटलमा बसेकी थिइन् । आज (मंगलबार) कोठा सफा गर्न पुगेका होटलका कर्मचारीले मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए । महिलासँगै होटलमा बसेका पुरुष भने फरार छन् ।

महिलाको शरीरमा चोट पटक रहेको र सँगै रहेका पुरुष फरार रहेका कारण प्रहरीले हत्या भएको हुनसक्ने बताएको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

महिलाको सनाखत भएको छैन । तर उनी बसेको कोठामा सुमित्रा तामाङ लेखिएको आइडी कार्ड फेला परेको छ । आइडी कार्डका आधारमा सनाखतका लागि प्रहरीले महिलाको आफन्तलाई बोलाएको छ ।

सुनसरीका प्रहरी उपरीक्षक सञ्जय थापाका अनुसार होटलका कर्मचारीले सोमबार दुवै जनालाई खाना पुर्‍याएका थिए । तर, मंगलबार बिहान सँगै बसेका पुरुष होटललाई जानकारी नै नदिइ फरार भएका थिए । महिलाको अनुहारमा पनि चोटपटक रहेका कारण घटना शंकास्पद रहेको उनले बताए।