देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज देशभर सेना दिवस मनाइँदै

देशान्तर

काठमाडौँ – नेपाली सेनाले आज देशभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ ।राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ।

नेपाली सेनाले दुई दशकअघिदेखि शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।
दिवसका अवसरमा सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । यस पटक बेलायती सेनाको गोर्खा बिग्रेडबाटसमेत ब्यान्ड डिस्प्लेसहित गीतसङ्गीतको धुन प्रस्तुत हुनेछ ।

जङ्गीअड्डा मातहत देशका विभिन्न भागमा तैनाथ कमाण्ड, बाहिनी, गण, गुल्मलगायत निकायमा आज विभिन्न कार्यक्रम हुँदैछन्।