देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निजामति कर्मचारी युनियनमा सचिवका आकंक्षी धेरै

देशान्तर

नेपाल निजामति कर्मचारी युनियनको आँठौ अधिवेशन शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा वर्तमान अध्यक्ष गोपाल प्रसाद पोखरेल र वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा रहेका सुवास कोइरालाबीच प्रतिस्पर्धा हुने छ ।

उम्मेदवारी दर्ता गर्ने कार्यतालिका आइतबार भए पनि अहिले कर्मचारीका नेताहरुले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट उम्मेदवारी घोषणा गर्ने क्रम भने चलेको छ । ८५ सदस्यीय कार्यसमितिमा विभिन्न क्लस्टरहरु समेट्नु पर्ने भएकाले यस अधिवेशनको बन्द सत्रले केही सदस्य तथा पदाधिकारीको संख्या थप गर्ने तयारी गरे बुझिएको छ ।

महिला उपाध्यक्षमा निर्मला शर्माकाे चर्चा रहेकाे छ ।

चुनावमा दुई प्यानल हुने पक्का जस्तै भएपनि उम्मेदवारका आकंक्षी धेरै हुँदा व्यवस्थापन गर्न संस्थापन पक्षलाई हम्मे हम्मे परेको छ । नयाँ नेतृत्वका लागि पोखरल पक्षबाट वरिष्ठ उपाध्यक्षमा उपाध्यक्ष रहीसकेका उत्तम कटुवालले घोषणा गरेका छन् भने अधिकारी पक्षबाट वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिमा महासचिव भइ कार्यकाल पुरा गर्न लागेका सुवास कोइराला रहेका छन् ।

महासचिवमा वर्तमान कार्य समितिमा उप महासचिव भइ काम गरेका दुर्गाप्रसाद फुयालले उम्मेदवारी घोषणा गरेका छन् । उनी पोखरेल पक्षबाट उम्मेदवार बनेका हुन् । यसैगरी अधिकारी पक्षबाट जनक रावलले महासचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् । यअसअघि उनी सचिव भएर काम गरेका थिए ।

२ जना उपमहासचिव पदका लागि दुवै पक्षबाट गरि अहिलेसम्म ३ जनाको उम्मेदवारी घोषणा भएको बुझिएको छ । पोखरेल पक्षबाट इन्दु शर्मा र गणेश भण्डारी रहेका छन् भने अधिकारी पक्षबाट देवराज सापकोटाले पनि उपमहासचिवमा उम्मेदवारी दिने बुझिएको छ ।

संस्थापन पक्षलाई सचिवका आकंक्षीहरु व्यवस्थापन गर्न भने चुनौती रहेको छ । ४ जना सचिवको पद अहिलेको विधानमा रहेको छ । यसलाई बढाएर ७ पु¥याउने तयारी गरिए पनि अधिवेशनको बन्दसत्रले पद बढाउने विषय पारित नभए कसरी व्यवस्थापन गर्ने भन्ने अर्को चुनौति थपिएको छ । संस्थापन पक्षबाट झापाका भरत मैनाली, बाग्लुङका जगत पाठक, खोटाङका कुलप्रसाद भट्टराई, अर्घाखाँचीका प्रकाश भट्टराई, झापाका दिनेश पोखरेल, मुगुका कृष्ण बहादुर सेजुवाल, जुम्लाका चन्द्रबहादुर खड्का, सुर्खेतका हरि बहादुर क्षत्री, तनहुँका सुरेन्द्र प्रसाद अधिकारी, कैलालीका धर्मबहादुर देउवा, कैलालीका र दाङका ३ जना झविन्द्र पोखरेल, विजय गौतम र युवराज न्यौपाने रहेका छन् ।
कोषाध्यक्षमा सुशील बास्तोलाको चर्चा रहेको छ ।

यसैगरी युवा सचिव १ जना पदका लागि राजन खड्का, सूर्यप्रसाद चापागाईं, तेजेन्द्र कँडेल र भुपेन्द्र अधिकारीको चर्चा गरेको छ । यसैगरी विधान अनुसार अहिले ५ जना खुला केन्द्रीय सदस्य रहेकोमा यसमा संख्या थप हुन सक्ने महासचिवका उम्मेदवार दुर्गाप्रसाद फुयालले जानकारी दिए । उनले भने ‘अहिले साथीहरुले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्नुभएको छ अब आइतबार उम्मेदवारी दर्ता गर्दासम्म सहमतिको प्रयास हामीले जारी राख्छौं, सकेसम्म सर्वसम्मत बनाउने गरि लागि परेका छौं ।’

कर्मचारी युनियनको केन्द्रीय सदस्यमा लामोसमयदेखि निजामति कर्मचारी युनियनमा क्रियाशील बनस्पति विभागमा कार्यरत कृष्णप्रसाद हुमागाईंसहित रामचन्द्र ढकाल, श्याम प्रसाद ढुंगेल, नारद भट्ट, हरिचन्द्र तिवारी, टिकाराम बानियाँ र प्रकाश खाती, सहित झण्डै ५० जनाले उम्मेदवारी दिने भन्दै घोषणा गरेका छन् ।

युवा महिला केन्द्रीय सदस्य निर्मला शर्मा रहेकी छिन् ।  संघीय संरचना अनुसार प्रदेश अध्यक्षको पनि यसै अधिवेशनको चयन गर्ने छ । त्यसका लागि प्रदेश १ बाट मानबहादुर बन, मधेस प्रदेशबाट राजकिशोर राउत, बागमती प्रदेशबाट दीपकराज मिश्र, गण्डकी प्रदेशबाट दीपक रेग्मी, लुम्बिनीबाट मदन गौतम र सुदूरपश्चिबाट चेतराज जोशीको चर्चा व्यापक रहे पनि कर्णाली प्रदेशका उम्मेदावरको विषयमा भने अझैं टुंगो नलागेको बताइएको छ ।

नेपाल निजामति कर्मचारी युुनियनको नयाँ नेतृत्व चयनका लागि यहि फागुनको २१ गतेदेखि २३ गतेसम्म महाधिवेशन हुँदैछ । कोरोना संक्रमणका कारण गत माघ ८–१० का लागि तय भएको महाधिवेशन स्थगित भएको थियो ।