देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन पदयात्रामा हिँडेको महिला टोली नाम्चे पुग्यो

देशान्तर

काठमााडौँ – जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउने उद्देश्यसहित १३ दिने पदयात्रामा निस्किएको महिला टोली सोलुखुम्बुको नाम्चे पुगेको छ ।

यस वर्षको मार्च ८ अर्थात् आउँदो २४ गते परेको अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा कालापत्थरमा विशेष कार्यक्रम गर्ने गरी विभिन्न क्षेत्रका ४० महिला पदयात्रामा निस्किएका हुन् ।

‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ नाराका साथ विभिन्न क्षेत्रका महिलाले संयुक्तरूपमा पदयात्रा गरी कालापत्थरमा पुगेर विशेष कार्यक्रम गर्ने आयोजक संस्था ‘साथसाथै’का अध्यक्ष प्रजिता कार्कीले बताए ।

कालपत्थरमा पुगेर जलवायु परिवर्तनले विशेषगरी महिला जनजीवनमा पारेको प्रभाव र त्यसमा न्याय खोज्नका लागि गर्नुपर्ने पहलका बारेमा बहस गर्ने र यसबारेमा गर्नुपर्ने काम तथा सुझावसमेत समेटिएको महिला घोषणापत्र जारी गर्ने अध्यक्ष कार्कीले बताए ।