काठमाडौँ – घरजग्गा कारोबार गर्न तीनै तहका सरकारसँग स्पष्ट नीति नभएको घरजग्गा व्यवसायीहरुले बताए ।
घरजग्गा व्यवसायीहरुले घरजग्गाको पल्टिङ भन्दा केही घरजग्गाको विषयमा ज्ञान नभएकाले पनि व्यवसाय सुरु गरेकाले नीतिगत रुपमा समेत समस्या आएको बताएका छन् । घरजग्गा कारोबारमा नीतिगत अस्पष्टताका कारण व्यवसायीलाई नीतिगत रुपमा चलाउन नसक्नु सरकारको कमजोरी भएको बताएका छन । व्यवसायीहरुले सरकारको नीतिगत कमजोरीको कारण घरजग्गाको कुनै जानकारी नभएकाको हातमा पुगेको व्यवसायीहरुको आरोप छ । नेपाल जग्गा तथा आवास विकास संघ (एनएलएचडीए)का अध्यक्ष इच्छाबहादुर वाग्लेले घरजग्गा कारोबारको लागि तीनै तहका सरकारसँग स्पष्ट नीतिगत व्यवस्था नभएको बताए । वाग्लेले घरजग्गा कारोबारको लागि तीनै तहका सरकारसँग स्पष्ट नीति नभएको बताउनु भएको हो । उनले सरकारसँग स्पष्ट नीति नभएको कारण घरजग्गाको कारोबार योजना अनुसार हुन नसकेको बताए । सरकारले पुरानै शैलीमा काम गरेकाले घरजग्गाको मूल्य उच्च भएको अध्यक्ष वाग्लले बताए । उनले नीजि क्षेत्रलाई योजना बनाउन दिएर काम गर्न दिए घरजग्गाको मूल्यवृद्धि २० प्रतिशत भन्दा नजाने दावी गरे । घरजग्गा कारोबार कुनै जानकारी नभएकाले पनि गर्न थालेकाले अव्यवस्थित रुपमा हुने पल्टिङ रोक्नको लागि सरकारले एकद्वार प्रणालीमा ल्याएर नियमनकारी निकाय खडा गर्नु पर्ने उनको भनाई छ ।
उनले भने ‘ घरजग्गा कारोबारको लागि कन्द्रिय सरकार तथा स्थानीय तहका सरकारहरुसँग स्पष्ट नीति छैन । स्पष्ट नीति भएपछि व्यवसायीहरुले नीति अनुसार काम गर्छ । अहिले कुनै योजना बनाएर रियल स्टेर्ड हाउजिङहरु काम गरेकै छैन । म अध्यक्ष भएको नाताले पनि के भन्छु भने नयाँ योजना कुन गरेको छ । कस्ले गरेको छ । अहिले काठमाडौं शहरको रुप रेखा अलि हाउजिङ जस्तो देखिने नीजि क्षेत्रले गरेको हो । सरकारले मैले बनाएको भन्ने ठाउँ छैन । नयाँ के बन्यो । तीन चार वटा डेभलपरले काम गरिरहेको छ । उहाँहरुले पुराना योजनाहरुलाई क्याच गर्नु भएको छ । नयाँ त बनाएको छैन । २२ देखि २५ वटा योजना एकै पटक निकाल्ने हो भने त बजारमा जग्गाको मूल्य किन यसरी उच्च हुन्छ । त्यही भित्र प्रतिस्पर्धा हुन्छ। मूल्य बढ्ने भनेको १० देखि २० प्रतिशत बढ्ने हो । अहिले चोरी कित्ताकाट भएका भिरपाखाका जग्गाहरु उहाँहरुले नै मूल्य निर्धारण गर्नु भएको छ जसलाई त्यसको ज्ञान छैन । नेपालमा यो भन्दा अगाडि हाम्रो जमिनमा व्यापारीक कम्प्लेक्स बनाएर कति उपलब्धी कति वर्षमा हासिल हुन्छ । त्यो जमिनको मूल्य कति हाल्नु पर्ने कन्टक्सनमा कति खर्च हुने मूल्याङकन हुन्छ । त्यो मूल्याङकनमा नेपालको जमिनले म्याज गर्दैन । त्यो आउट अफ ट्याकमा गइसकेको छ । नीतिगत अस्पष्टता, व्यवसायीलाई ठिक ढङगले राख्दा नसक्नु सरकारको कमजोरीले गर्दा नजान्नेको हातमा घरजग्गाको व्यापार अहिले पुगेको छ । केही कुरा जाने न भने पनि उसले जग्गा पल्टिङ गर्न जानेको छ । यो रोक्नको लागि सरकारले एकद्वार प्रणालीमा ल्याएर नियमनकारी निकाय खडा गर्नु पर्छ ।’
अध्यक्ष वाग्लेले पछिल्लो समय घरजग्गा कारोबार नियमन गर्ने निकायले इर्षा गरेर घरजग्गा कारोबार विस्तापित गर्न खोजेको आरोप लगाए । उनले नाफा धेरै कमाएको देखेर सरकारको नियमनकारी निकायको नै आँखा लाग्न थालेको बताए । अध्यक्ष वाग्लेले घरजग्गा कारोबारमा लगानी पनि ठूलो लाग्ने भएकाले आम्दानी पनि बढी हुने गरेको स्वीकार गरे । उनले घरजग्गा व्यवसायीले प्राडो गाडी चढेर हिड्ने हामी सरकार सन्चालन गर्ने,मुलुकको राष्ट्र चलाउने केही छैन भनेर इर्षा भएकाले कारोबारमा कडाइ गरिएको दाबी गरे । सरकारले घरजग्गा कारोबारलाई विस्तापित गर्ने दृष्टिकोणले हेरेको उल्लेख गरे ।
उनले भने यो व्यवसायमा अरु व्यवसाय भन्दा आम्दानीको मात्र राम्रो हुन्छ । पुँजी पनि ठूलो मात्रामा परिचालन हुन्छ । जहाँ ठूलो पुँजी परिचालन हुन्छ त्यो आम्दानी पनि बढी हुन्छ । करोडौंको हुन्छ पुँजी लगानी चाहे त्यो एजेन्सीको माध्यमबाट भएको होेस् वा एक लगानी कर्ताले होस । जोखिममा लगानीकर्ता छ । त्यस कारण ठूलो पुँजी परिचालनमा आम्दानी हुन्छ। त्यो आम्दानीले हुनै बाठो टाठोले बढी देखेपछि जग्गा कारोबार गर्ने नियमनकारी निकायलाई इर्षा भएको हो । उहाँहरुसँग इर्षा छ । हामी मुलुक परिचालन गरेर हिड्ने, राष्ट्र बैंक चलाउने गर्नेको हातमा केही छैन । घरजग्गा कारोबार गर्नेको हातमा प्राडो गाडी चढेर हिड्छन । यो एउटा इगो पनि हो । इगोको कारणले जग्गा कारोबारमा कर्जामा कडाइ तथा कारोबारका नियमन भएको हो ।त्यो कारणले यो क्षेत्रलाई विस्तापित गर्ने हिसाबले हेरे ।’
त्यस्तै वाग्लेले घरजग्गामा बैंकहरुको धेरै लगानी रहेकाले कारोबारमा कडाई गर्दा व्यवसायी मात्रै नभएर बैंकहरु पनि ढुब्ने बताए । उनले बैंकहरु आफैले ८ प्रतिशतमा झरेको ब्याजदर बढाएर १० प्रतिशत भन्दा माथि पु¥याउदा व्यवसायीलाई समस्या भएको उल्लेख गरे । बैंकहरु पछिल्लो समय नाफा कमाउन मात्रै काम गर्न लागेको आरोप अध्यक्ष वाग्लले लगाए । उनले बैंकहरुले वार्षिक रुपमा ५ अर्ब नाफा गरेर व्यवसायी मार्ने काम गरेको पनि बताए ।
उनले भने‘घरजग्गामा बैंकहरुको लगानी थुपौं छ । त्यो डुब्यो भने व्यक्ति त डुब्दैन, संस्था डुब्छ । पछिल्लो ६ महिनामा बैंकको व्याजदर ८ प्रतिशत भित्र आएको पछिल्लो समय बैंकहरुले उच्च वृद्धि गरे । बैंकहरुले यति धेरै नाफा किन गर्नुपर्छ । उहाँहरुको नाफा जहिले पनि बढेको बढै गर्नु पर्ने ? ४÷५ अर्ब नाफा गरेको गरै गर्नु पर्ने । व्यापारीलाई मारेको मारै गर्नु पर्ने । भन्नुहोला उहाँहरुले पनि रियल स्टेस्र्डहरुले पैसा कमाको कमाई गर्नु पर्ने भन्नु होला तर कमाएको छैन । उहाँहरुले आफ्नो सम्पत्तिलाई धानेर बस्नु भएको छ । सरकारको नीतिको कारण ठाउँ नपाएर बनाएका योजनाहरु के गर्ने कसो गर्ने भएका छन ।
उहाँले घरजग्गा व्यवसायीहरुले पनि धेरै नाफा कमाए भन्ने होला तर व्यवसायीहरुले आफ्नो सम्पत्ति मात्रै धानेर बसेको बताए ।





प्रतिक्रिया