देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दमौलीको आगो नियन्त्रणमा हेलिकप्टर

देशान्तर

काठमाडौँ। तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । बिहान १० बजेदेखि लागेको तीन घण्टा हुँदा पनि नियन्त्रणमा लिन नसकिएको हो ।

भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले नजिकका घरमा पनि क्षति पुर्‍याएको छ । व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।

सिम्रिक इयरको हेलिकप्टरले पानी आकाशबाट पानी झारेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा हेलिकप्टर मगाइएको हो । मन्त्री श्रेष्ठ मादी नदीमा बसेर पानीको व्यवस्था मिलाइ रहेका छन् ।

प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।