देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भक्तपुरमा ६० बर्षिया महिलामाथि ‘तेजाब’ प्रहार

देशान्तर

काठमाडौं । भक्तपुरमा एक जना महिलामाथि ‘तेजाब’ प्रहार भएको छ ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठका अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो ।

रसायन प्रहार गरेको अभियोेगका उनका श्रीमान् श्याम गुभाजु पक्राउ परेको श्रेष्ठले बताए । रसायन के हो भन्ने परीक्षणपछि मात्रै खुल्ने उनले बताए ।

रसायनका कारण घाइते महिलालाई कीर्तिपुर अस्पतालमा पठाइएको छ ।