देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई बर्खास्त गर्न सांसदहरुको माग

देशान्तर

काठमाडौं – सांसदहरुले चिकित्सा शिशा आयोगका पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छ्न् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरुले पीडित विद्यार्थीको माग सम्बोधन गर्न वेवास्था गरेको भन्दै आयोगका पदाधिकारीलाई कारवाहीको माग गरेको हुन् ।

कलेजले छात्रबासमा नबसे अनुत्तीर्ण गराइदिने पीडित विद्यार्थीले बताएका छन्। कलेजले छात्रबास बनाउन धेरै खर्च लागेको र अनिवार्य बस्न भनेको हो । आयोगका उपाध्यक्ष प्राध्यापक डा।श्रीकृष्ण गिरिले कलेजबाट विद्यार्थीलाई धम्की आएको गुनासो आएको बताए।

उनले भने, कलेजले विद्यार्थीलाई होस्टेल नबसे ब्याक लाग्छ भनेर थ्रेट दियो । त्यसपछि आइतबार कलेजका प्रतिनिधि, आयोग र शिक्षा मन्त्रालयका प्रतिनिधिबीच छ्लफल भयो । २५ गतेसम्म यो विषय सल्टाउने सहमति भएको छ ।

शिक्षा मन्त्रालयका सचिब हरि लम्सालले कलेजले विद्यार्थीका समस्या नसल्ट्याए कारवाही प्रक्रिया अघि बढ्ने बताए । ऐन अनुसार छात्रबास एच्छिक विषय हो । तर, नोबेलले अनिवार्य गरेको छ । पूर्वशिक्षा मन्त्री गिरिराजमणी पोख्रेलले कानुनी झन्झट खुकुलो बनाएर स्थानान्तरण गर्नुपर्ने बताए ।