देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जंगली हात्तीको बथानले केरा खेती सखाप

देशान्तर

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका(१ खजुवापट्टीमा जंगली हात्तीको बथानले केरा खेतीमा क्षति पुर्‍याएको छ। मंगलवार बिहान सबेरै केरा फार्ममा पसेको हात्तीले एक हजारवटा भन्दा बढी केराका बोटमा क्षति गरेको हो।

बजारमा लैजानका लागि तयारी अवस्थाका केरा हात्तीले क्षति गरेको फार्मका सञ्चालक जगन्नाथ जोशीले बताए। उनका अनुसार हात्तीको बथानले एक बिघामा लगाइएको केराका बोट पुरै ढालेको छ।

‘घडी९केराको फल० खाँदासम्म खाएको छ‚’ उनले भने, ‘बाँकी रहेको खुट्टाले कुल्चेर नोक्सानी गरेको छ।’ करिब २० वटा हात्तीको बथानले धेरै नोक्सान गरेको जोशीले बताए। राति फर्केर आउने सम्भावना रहेकाले चिन्तित रहेको उनको भनाइ छ।

निकुञ्जका कर्मचारी, प्रहरी र वडा अध्यक्षलगायतका जनप्रतिनिधिले हात्तीले क्षति पुर्‍याएको फार्मको अवलोकन गर्नुका साथै क्षतिबारे स्थलगत मुचुल्का समेत तयार गरेका छन्। जोशीले सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाको चलनभोगमा रहेको ६ विघा जग्गा लिजमा लिएर केरा फार्म सञ्चालन गरेका छन्।

विद्यालयको १२ बिघामध्ये ६ बिघामा केरा खेती र अन्य जग्गामा प्याज लगायतको तरकारी खेती छ। विद्यालयलाई वार्षिक रुपमा ६ लाख रूपैयाँ ज्याला बुझाउने गरी जग्गा भाडामा लिएको उनले बताए।