काठमाडौं– काठमाडौं-त्रिभुवन विश्वविद्यालयका तीन प्राध्यापक संगठनले विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका छन्। कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्राध्यापक संघले विज्ञप्ति निकालेर पदाधिकारीलाई मार्गप्रशस्त गर्न माग गरेका हुन् ।
निश्चित राजनीतिक पार्टी र गुट स्वार्थमा लिप्त रहेर अरुलाई लाञ्छना लगाउने कार्य पदाधिकारीबाटै भएको आरोप उनीहरूको छ । उपकुलपतिले अप्राज्ञिक, अमर्यादित अभिव्यक्ति दिएको विज्ञप्तिमा उल्लेख छ ।
‘आफैंले नियुक्त गरेका प्राध्यापकको अवमूल्यन गरी उनीहरूलाई अयोग्य भन्नसम्म पछि नपर्ने जस्ता अति अप्राज्ञिक, अमर्यादित र उपकुलपतिको स्तरबाट भन्नै नहुने अभिव्यक्तिदिने जस्ता कार्यले हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ। वर्तमान पदाधिकारीलाई त्रिभुवन विश्व विद्यालयमा रहेमा भावी परिणाम भयावह हुने चेतावनी दिइएको छ।





प्रतिक्रिया