देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै‚ फागुनभित्रै तालिका सार्वजनिक गरीने

देशान्तर

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठमा गर्ने तयारी गरेको छ। परीक्षा भौतिक उपस्थितिमा नै हुने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए।

कोरोना महामारीको प्रभाव कम हुँदै गएकाले परिस्थिति सहज बनेकाले भौतिक उपस्थितिमा नै परीक्षा हुने अर्यालले बताए। ‘परिस्थिति सहज बनेको छ,’ सदस्य सचिव अर्यालले थाहाखबरसँग भने‚ ‘परीक्षा अनलाइनबाट होइन, भौतिक उपस्थितिमै हुन्छ।’

केही सञ्चारमाध्यममा अनलाइन माध्यमबाट परीक्षा हुने बताइए पनि अन्यौलमा नपर्न उनले सुझाव दिए। यस वर्ष करिब चार लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदै छन्।

सदस्य सचिव अर्यालले कक्षा–१२ को परीक्षा तालिका फागुनभित्र सार्वजनिक गर्ने तयारी रहेको बताए। उनका अनुसार परीक्षा समय स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी तोकिने छ।

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा सबै स्थानीय तहको हुँदैछ। पछिल्लो समय कोभिड–१९ संक्रमणको अवस्था कम भएपछि माध्यमिक शिक्षा परीक्षा ९एसइई० पनि भौतिक उपस्थितिमै गर्ने गरी तालिका सार्वजनिक गरिसकेको छ। परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ।