देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डान्स बारमा अश्लीलता प्रदर्शन गर्न नपाइने

देशान्तर

काठमाडौं । सरकारले होटल, रेष्टुराँ, डान्सबार, क्लबलगायतका रात्रिकालीन व्यवसायमा सञ्चालका लागि मापदण्ड बनाएको छ ।

गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणीन्द्रमणि पोखरेल नेतृत्वको कार्यदलले दिएको सुझाव अनुसार सरकारले मापदण्ड तयार बनाएर रात्रिकालीन व्यवसायलाई रातभर खुला राख्न दिने निर्णय गरेको छ ।

मापदण्डमा डान्सबार तथा नृत्य प्रस्तुत हुने स्थानमा अश्लिलता प्रदर्शन हुने गरी नाँच्न नपाइने भनिएको छ ।

कानुन अनुसार इजाजत प्राप्त गरेर मात्र मनोरञ्जन प्रदान गरेर आर्थिक वृद्धिमा टेवा पु¥याउने गरी व्यवसाय सञ्चालन गर्नुपर्ने भनिएको छ । रात्रिकालीन व्यवसायमा काम गर्ने कामदारलाई पद अनुसार पोशाक, रातिको खाना र घरसम्म पुग्ने यातायातको सुविधा पनि उपलब्ध गराउनुपर्ने भनिएको छ ।

पर्यटन, होटल, रष्टुरेन्ट तथा मनोरञ्जनात्मक क्षेत्रमा बालश्रमिकको प्रयोग गर्न नपाइने पनि भनिएको छ । साथै, १८ वर्ष उमेर नपुगेका बालबालिकालाई डान्स, रेष्टुरेन्ट, बार, लाइभ ब्याण्ड, लाउन्ज बार, पवबार, क्लब, डिस्को जस्ता व्यवसायमा ग्राहकको रुपमा प्रवेश गर्न पनि निषेध गर्नुपर्ने भनिएको छ ।

मापदण्ड अनुसार अब सुरक्षाका लागि सीसी टीभीबाट निगरानी गर्नुपर्ने भनिएको छ । साथै, कम्तिमा ३० दिनको रेकर्ड रहने गरी फुटेज राख्नुपर्ने भनिएको छ ।