देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजको मौसम : केही स्थानमा मेघगर्जन–चट्टयाङ्ग र वर्षाको सम्भावना

देशान्तर

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्यून प्रभाव रहेको छ ।

आज (शुक्रबार) बिहान देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो भने देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । अन्य भू–भागमा भने मौसम सामान्यता सफा हुनेछ । देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश–१ को उच्च हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ । राती भने देशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ ।

बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।