देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ताप्लेजुङमा आगलागी : एक जनाको मृत्यु

देशान्तर

काठमाडौं – ताप्लेजुङको फुङलिङ नगरपालिका–४ काप्चेमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने एक किशोरी घाइते भएकी छन् ।

रविन आङबोहाङको घरमा आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने ६७ वर्षीया चुलिमाया लिम्बुको मृत्यु भएको हो । उनकी नातिनी १६ वर्षीया रेविना लिम्बु घाइते भएकी छन् । उनको अस्पतालमा उपचार जारी छ ।

ताप्लेजुङ प्रहरी प्रमुख बालनरसिंह राणाका अनुसार चुलिमाया ग्यास सिलिण्डिर पड्किएर घाइते भएकी थिइन् । ‘उहाँ दमको रोगी पनि हुनुहुँदो रहेछ । प्रहरी टोलीले उद्धार गरेर अस्पतालमा लगेको थियो । उपचारको क्रममा मृत्यु भयो,’ राणाले भने ।

आज बिहान करिब ८ः२५ बजेतिर जस्ताले छाएको दुई तले घरमा आगो लागेको थियो । सो घर क्षतिग्रस्त भएको छ ।