काठमाडौं, नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनमा ९६ सदस्य कार्यसमिति निर्वाचित भएको छ। पाँच सदस्य कार्यसमितिले मनोनयन गर्ने र जम्मा १०१ सदस्य कार्यसमिति हुने बैधानिक ब्यबस्था पनि महाधिवेशनले गरेको छ। यसै निर्वाचनमा नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्यमा ई. उपेन्द्र महरान सर्वाधिक लाेकप्रिय मतबाट निर्वाचित भएका छन्। ‘कर्मचारी युनियनको अभियान: प्रबिधिमैत्री सेवासंगै सेवाग्राहीलाई सम्मान भन्ने मुल नाराका साथमा २१ फागुनदेखि २३ फागुनसम्म नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादी काठमाण्डौमा भएकोे ८ औं महाधिवेशन सम्पन्न हुँदा इन्जिनियर उपेन्द्र महरान केन्द्रीय सदस्यमा म्यान अफ द इलेक्सन मतले निर्वाचित भएका हुन्।
तिरहुत गाउँपालिका–३ सप्तरीका स्थायी बासिन्दा ई महरानले ४९३ मत अर्थात ७८ प्रतिशत मत सहित सर्वाधिक लाेकप्रिय मतका साथ सदस्यहरुमा प्रथम भएका थिए। पदाधिकारी तथा सदस्यहरु छनोटमा सर्वसम्मत नहुंदा महाधिवेशनमा कडा चुनावी प्रतिस्पर्धा भएको थियो। चुनावी प्रक्रियामा आफूलाई सर्वाधिक लोकप्रिय मत प्राप्त भएको युनियनका नवनिर्वाचित केन्द्रीय सदस्य ई. उपेन्द्र महरानले बताए। ई महरान हाइवे समुहका इन्जिनियर हुन। उनले भने युनियनको मर्म कहिलै भुल्दिन र सधै सेवारत रहनेछु।

केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै निजामती सेवामा रहेको विकृती, विसंगतीहरुको न्युनिकरण गर्दै पेशागत हकहित तथा संरक्षण र युनियनको संस्थागत विकास तथा कर्मचारीहरुको संरक्षण एवं बृद्धि विकासका सम्बन्धमा सदैब जिम्मेवार रही संघीय निजामती सेवा ऐनमै उक्त व्यवस्था राख्न पहलकदमी गर्नेे महरानको भनाई छ।
नेपाल ईन्जिनियर्स एशाेसियसनकाे ३३ओैं केन्द्रीय कार्यकारिणी समिति र दाेस्राे बाग्मती प्रदेश कार्यकारिणी समितिका लागि ईन्जिनियरहरूकाे लाेकतान्त्रिक समूह (CDEN) काे सक्रिय सदस्य समेत रहेका ई. उपेन्द्र महरान आफ्नो प्यानलकाे लागि भाेट माग्दै भृकुटीमण्डपमा खटिएका छन् ।





प्रतिक्रिया