देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लालपूर्जा पाउनु पर्ने मागसहीत काठमाडौंमा सुकुम्बासीहरुको प्रदर्शन

देशान्तर

काठमाडौं – बसोवासको लालपूर्जा पाउनु पर्ने माग राखेर सुकुम्बासीहरुले काठमाडौं प्रदर्शन गरेका छन् ।

लामो समयदेखि लालपूर्जा नपाएपछि संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अगुवाइमा उनीहरु शुक्रबार माईतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म विभिन्‍न नारासहित प्रदर्शन गरेको हुन् र कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष कुमार कार्कीले बसोवासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्पबिनाको उठिबास सदाका लागि बन्द गर्न सम्बन्धित निकायलाई दबाबमूलक प्रदर्शन गरेको बताए ।

उनले एउटा सरकारले लालपुर्जा दिन फर्म भर्ने, अर्को सरकार उठीबासको सूचना टाँस्दै हिँडेकोले सरकारको द्वेधचरित्रकोबिरुद्धमा ध्यानाकर्षण गराएको बताए । अध्यक्ष कार्कीले अधिकार प्राप्तिको निम्ति प्रदर्शन गर्दा प्रशासनले छेक्ने काम गरेको आरोपसमेत लगाए ।