देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

देशान्तर

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ पाँच बजे इच्छाकामना–२ रमाइलोडाँडास्थित भित्री सडकखण्डमा शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट ४०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका २ का ३४ वर्षीय नवीन गुरुङ, सोही वडा नं. ३ बस्ने ३० वर्षको प्रतिभा गुरुङ र उनका पाँच वर्षका छोरा ५ का आरोन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

शवहरू पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।