देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

युद्धग्रस्त क्षेत्र युक्रेनबाट चारजना नेपाली स्वदेश फर्किए

देशान्तर

काठमाडौं – युद्धग्रस्त क्षेत्र युक्रेनबाट चारजना नेपाली स्वदेश फर्किएका छन्। उनीहरू भारत हुँदै शनिवार दिउँसो नेपाल आइपुगेको सरकारले जनाएको छ।

उनीहरू भारतको सहयोगमा उद्धार गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भारतले ‘अपरेशन गंगा’ नाम दिएर युक्रेनमा रहेका नागरिकको उद्धार गरिरहेको छ। सोही क्रममा नेपाली नागरिकको पनि उद्धार गरिएको छ।

नेपाली नागरिक उद्धार गरिदिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।