देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भूकम्पले भत्किएका राजधानीका सम्पदा पुनर्निर्माणको क्रममा (फोटोफिचर)

देशान्तर

काठमाडौं – विनाशकारी भूकम्पमा परी राजधानी काठमाडौं उपत्यकाका सम्पदा भत्किएको ७ वर्ष पूरा हुन लागिसक्यो । भूकम्पमा भत्किएका संरचना पुनर्निर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पनि पुनर्निर्माणका धेरैजसो काम सकियो भनेर खारेज भइसक्यो ।

तर राजधानीको सम्पदा पुनर्निर्माण अझै सकिएको छैन । ललितपुरको थेँचो, बुङ्मती, पाटन, काठमाडौंको वसन्तपुर, जैसीदेवल, भक्तपुरको दरवार परिसर र दत्तात्रय वरपर धमाधम मन्दिर पाटी पौवा पुनर्निर्माणको काम भइरहेको छ ।

सम्पदा पुनर्निर्माणमा ऐतिहासिक एवं पूरातात्विक स्वरुप र महत्व घट्न नदिनु चुनौतीपूर्ण छ । पुराना पुस्ता बितेसँगै सम्पदा पुनर्निर्माणमा सघाउने कालिगढको समेत अभाव हुन थालेको निर्माणमा संलग्नहरु बताउँछन् ।

परम्परागत प्रविधि र सीपको हस्तान्तरण र पुस्तान्तरण नहँुदा र मठ मन्दिरमा प्रयोग गरिएको कला तथा प्रविधिको विवरण संग्रह नगरिनुले पनि सम्पदा निर्माणमा समस्या परेको छ ।