देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२१ महिने बालिका मृत्यु प्रकरणमा २ जना पक्राउ

देशान्तर

 


काठमाडौँ – मोरङको सुन्दरहरैचा–७ की २१ महिने एक बालिकाको मृत्युको घटनामा प्रहरीले दुई जनालाई पक्रेको छ । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले स्थानीय अजय चौधरी र मिथुन चौधरीलाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै जना नाबालिकाकी छिमेकी हुन् ।

जिल्ला प्रहरी प्रमुख एसपी जनार्दन जीसीले दुई युवकलाई पक्राउ गरिएको जानकारी दिंदै उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जानकारी दिए ।

शुक्रबार साँझ घरबाट हराएकी २१ महिने बालिका घर नजिकैको घारीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उनको उपचारको क्रममा शनिबार बिहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको थियो ।

यौनांगमा रक्ताम्य अवस्थामा फेला परेकी ती बालिकाको बलात्कार भएको आशंका गरिएको सुन्दरहरैचा–७ का वडा अध्यक्ष चैतन्य सिटौलाले बताए ।