देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अनुसन्धानमा सघाउँछौं : बोटलर्स नेपाल

देशान्तर

काठमाडौं । बोटलर्स नेपाल लिमिटेडले नेपालको कानुनको सम्मान गर्ने बताएको छ । आवश्यकता अनुसार कुनै पनि विषयमा सम्बन्धित निकायलाई अनुसन्धान गर्न पूर्ण सघाउने प्रतिबद्धता बोटलर्स नेपालले जनाएको छ ।

बोटलर्स नेपाल लिमिटेडले एक विज्ञप्ति जारी गर्दै दीर्घकालीन लगानीकर्ताको हैसियतमा जिम्मेवारपूर्वक व्यवसाय सञ्चालन गर्न प्रतिबद्ध रहेको बताएको छ ।

राजस्व अनुसन्धान विभागले बोटलर्स नेपालले पूँजीगत लाभ कर छलेको आरोपमा उच्च अदालत पाटनमा २७ फागुनमा मुद्दा दायर गरेको थियो ।

नेपालको हरेक कानुन र ऐनलाई उच्च सम्मान गर्ने, आफ्नो उच्च नैतिक मूल्य मान्यतामा अडिग रहने र कम्पनीको मान्यता विपरीतको कुनै पनि क्रियाकलापलाई कदापी प्रश्रय नदिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बोटलर्स नेपाल लिमिटेडले नेपालमा आफ्नो व्यापार सञ्चालन गर्न थालेको लगभग ५० वर्ष भइसकेको छ । यो कम्पनी नेपालकै ठूलो एफएमसीजी कम्पनी मध्ये एक हो ।

काठमाडौं र भरतपुर गरी दुई वटा प्लान्टमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यस कम्पनीमा एक हजारभन्दा बढी कर्मचारीहरुमार्फत नेपालको रिटेल व्यापारलाई योगदान पुर्‍याउँदै आइरहेका कम्पनीले बताएको छ ।