देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

साउदी अरबका विदेशमन्त्री साउद आज नेपाल आउँदै

देशान्तर

काठमाडौं । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद सोमबार नेपाल आउने भएका छन् ।

उनले चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग १ गते भेट गर्ने छन् । उनी हाल श्रीलंका भ्रमण गरी नेपाल आउन लागेका हुन् ।