काठमाडौं – त्रिअविले भिजिट भिसामा भारत र दुबई हिँडेका ९ जनालाई शंकास्पद यात्रा भन्दै फर्काएको छ। त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले शंकास्पद यात्राु भन्दै उनीहरुलाई प्रस्थान अनुमति नदिएको हो। उनीहरु आइतबार भारत र दुबई जाने तयारीमा थिए।
गृह मन्त्रालयले भिजिट भिसामा कडाई गरेपछि मानव तस्करहरुले नयाँ रुट खोज्न थालेका छन्। तस्करले जथाभावीरुपमा भिजिट भिसामा सर्वसाधारणहरुलाई लैजान थालेपछि गृहमन्त्रालयले कडाई गर्न थालेको हो।
फिर्ता हुनेमा स्याङ्जाका समिर बक्स मिया, रुपेन्द्रीका अर्वीन भुजेल, इलामका प्रमेश मगर,रुकुम पश्चिमका प्रकाश मल्ल, झापाका दिलीप साह तेली,गोरखाका भुजजंग गुरुङ र सुशिल गुरुङ,रुकुमका हर्कबहादुर रोका र झापाका फूलमाया हेमराम हुन्।
उनीहरुमध्ये ८ जना दुबई र १ जना भारत जान लागेका थिए। भारत जानेमा झापाका फूलमाया हेमराम हुन्। उनको भारत भ्रमण शंकास्पद देखिएपछि प्रस्थान अनुमति नदिएको अध्यागमनले जनाएको छ। यस्तै दुबईमा आफन्त कोही नभएको पत्ता लागेपछि रुपन्देहीका अरवीन भुजेलले प्रस्थान अनुमति पाएनन्।
उनीहरुले अध्यागमनका अधिकारीसमक्ष यात्राको पुष्टि गर्न सकेनन्। गृहमन्त्रालयको मापदण्ड अनुसारको कागजात अध्यागमनका अधिकारीसमक्ष बुझाउन नसकेपछि ुशंकास्पद यात्राु भन्दै प्रस्थान अनुमति नदिएको हो।





प्रतिक्रिया