मकवानपुर — मकवानपुरका कुखुरामा बर्डफ्लु देखिएको छ ।जिल्ला पशु सेवा विज्ञ केन्द्र हेटौंडाका अनुसार भीमफेदी गाउँपालिका–२, आँपचौरस्थित लिला थिङको खोरमा रहेका विभिन्न प्रजातिका कुखुरामा बर्डफ्लु पुष्टि भएको हो ।
कार्यालय प्रमुख डा। ब्रजकिशोर ठाकुरका अनुसार थिङको खोरमा पालिएका कुखुरा धमाधम मर्न थालेपछि ल्याब परीक्षण गर्दा बर्डफ्लु एच फाइभ एन वानु संक्रमण भएको पुष्टि भएको हो । हालसम्म थिङको खोरमा टर्की ४३, लोकल कुखुरा १८, लौकाट ६, बोइलर १४ र परेवा २० वटा मरिसकेका छन् ।
मकवानपुर जिल्लामा ३ वर्ष अगाडि बर्डफ्लु देखिएको थियो । पछिल्लो समय देशको विभिन्न स्थानमा निरन्तररुपमा बर्डफ्लु देखिरहेको छ ।





प्रतिक्रिया