देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कच्चा पदार्थमा लगाइने कर कटौती गर्न माग

देशान्तर

काठमाडौँ – उद्योग संगठन मोरङले कच्चा पदार्थलगायत उत्पादनका क्रममा प्रयोग हुने वस्तुमा लगाइने कर कटौती गर्न माग गरेको छ ।

सोमवार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय अभ्यासअनुसार बजारमा वस्तुको मूल्यवृद्धि भएका बेला आमउपभोक्तालाई राहत दिन स्थिति सहज नहुन्जेल कर कटौती गर्नुपर्ने संगठनले माग गरेको हो । संगठनले उद्योग व्यवसाय, आमउपभोक्तालाई समेत राहत दिने नीति तत्काल अवलम्बन गर्न सरकारसँग अनुरोधसमेत गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, रुस–युक्रेन युद्ध, डलरको पढ्दो विनिमय दरका कारण खानेतेल, उपभोग्य वस्तु, खाद्यसामग्री, निर्माण सामग्रीलगायत वस्तुको मूल्य निरन्तर उकालो लागिरहेको छ ।