देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सार्वजनिक खरिद नियमावली कार्यान्वयन गराउने प्रतिवद्धता

देशान्तर

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले आगामी तीन वर्षको कार्यकालमा पहिलो काम सार्वजनिक खरिद नियमावली ११  संशोधनलाई कार्यान्वयन गराउने प्रतिवद्धता जनाए ।

सोमबार नवनिर्वाचित नयाँ कार्यसमितिको पद तथा सपथ ग्रहण कार्यक्रमा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन् । उनले सरकारले केही दिन अगाडि मात्रै सार्वजनिक खरिद नियमावली ११ ः संशोधन गरेकाले संशोधन नियमावली कार्यविधि बनाउने काम गर्ने बताए ।

पछिल्लो समय निर्माण सामाग्रिको मूल्य अत्यधिक बढेकाले मूल्यवृद्धि नियन्त्रण गर्न मूल्यवृद्धि निर्देशिका जारी गर्ने अध्यक्ष सिंहले उल्लेख गरे । अध्यक्ष सिंहले ११ औं अधिवेशनका प्रतिवद्धता पुरा गर्न बाँकी रहेकाले आगामी तीन वर्षमा सबै प्रतिवद्धता पुरा गर्ने बताए ।

अध्यक्ष सिंहले विकास निर्माणका सम्पूर्ण योजना कुनै एक निर्माण कम्पनीलाई दिने प्रचनल अन्त्य गर्नु पर्ने बताए । उनले पछिल्लो पटक सरकारले श्रम सहकारी मार्फत जनतालाई रोजगारी दिने भनी स्थानीय तहका १ करोड सम्मका काम उपभोक्ता समितिबाट गर्ने कार्य खारेज गर्न सरकारसँग माग पनि गरे ।