देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गर्मी बढ्यो

देशान्तर

काठमाण्डौ । अस्तिको तुलनामा हिजो देशका धेरै ठाउँमा गर्मी बढेको छ । काठमाण्डौको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस नाघेको छ ।

यसअघि अस्ति २९ दशमलव ४ डिग्री सेल्सियस थियो । काठमाण्डौसहित देशका धेरै ठाउँको अधिकतम तापक्रम हिजो ३० डिग्री सेल्सियस नाघेको हो ।

तत्काल केही दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार प्रि–मनसुनको तीन महिना मार्च, अप्रिल र मे महिनामा गर्मी धेरै नै हुन्छ । यसपालि प्रि–मनसुन सुरु भइसकेपछि पानी नपरेकाले पनि छिट्टै गर्मी बढेको छ ।

प्रि–मनसुनमा पश्चिमी वायुको प्रभाव खासै पर्दैन । स्थानीय वायु विकसित भएर एक्कासी बादल लाग्ने र छोटो समयका लागि ह्वार्र पानी पर्ने हुन्छ । भोलि दिउँसो वाग्मती, गण्डकी प्रदेश र प्रदेश नम्बर १ का केही पहाडी क्षेत्रमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहे पनि गर्मी खासै नघट्ने मौसमविद् मानन्धरले बताइन् ।

गएको २४ घण्टामा काठमाण्डौको अधिकतम तापक्रम ३० दशमलव ३ डिग्री सेल्सियस पुगेको छ । आज पनि यही हाराहारीमा तापक्रम बढ्ने अनुमान छ । यस्तै, अस्ति ३४ दशमलव ४ डिग्री सेल्सियस रहेको धरानको अधिकतम तापक्रम गएको २४ घण्टामा ३५ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ ।

विराटनगर, जनकपुर, नेपालगञ्जलगायतका ठाउँमा पनि तापक्रम बढेको छ । तराई र चुरे क्षेत्रमा गर्मी धेरै नै हुन थालेकाले गर्मीबाट जोगिन मौसमविद्ले सुझाव दिएका छन् ।