देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज विश्व उपभोक्ता अधिकार दिवस

देशान्तर

काठमाण्डौ । आज विश्व उपभोक्ता अधिकार दिवस । उपभोक्ता हितका विषयमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

सन् १९६२ को मार्च १५ तारिखमा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ ।

तर, हरेक वर्ष दिवस मनाइरहे पनि उपभोक्ताको पक्षमा प्रभावकारी काम हुन सकेको छैन । नेपालमा उपभोक्ता संरक्षण ऐनले उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूत गरेको भए पनि ती अधिकार व्यवहारमा लागू हुन सकेको छैन ।

उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता सधैँ मारमा पर्ने गरेका छन् । उपभोक्ताले मूल्य तिरेअनुसारको सेवा, गुणस्तर पाउनुपर्ने अधिकार कुण्ठित हुँदै आएको छ ।

उपभोक्ता अधिकार जोगाउन सरकारी संयन्त्र पनि उदासिन छन् । यसले गर्दा बजारमा खाद्य वस्तुमा मिसावट र कालो बजारी बढ्दै गएको छ ।