देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सल्यानमा भरुवा बन्दुकसहित दुईजना पक्राउ

देशान्तर

सल्यान – सल्यान प्रहरीले भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका–३ झिम्पे मिलनचोकका मनीषकुमार पुन र लोकबहादुर पुनलाई अवैध भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

मनीषको घर नजिकै रहेको भुपाल पुनको गहुँबारीमा लुकाएर राखेको अवस्थामा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

गत फागुन २५ गते मनिषको घरमा राखेको बन्दुक अचानक पड्किदा लोकबहादुर पुन घाइते भएपछि घटना बाहिर आएको पौडेलको भनाइ छ। घाइते लोकबहादुरको औषधि उपचारपछि दुवैजनालाई हातहतियार खरखजाना मुद्दामा इलाका प्रहरी कार्यालय लुहाममा राखी अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ।