देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१३२ केभी प्रशारण लाइनको मोतीपुर सबस्टेशन उद्घाटन

देशान्तर

कपिलवस्तु– कपिलबस्तुको मोतीपुरमा १३२ केभी प्रशारण लाइन आयोजनाको मोतीपुर सबस्टेशनको समुद्घाटन भएको छ । बुर्तिबांग, पौदी अमराई, तम्घास, सन्धिखर्क, गोरुसिंगे १३२ केभी प्रशारण लाइनको उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कपिलबस्तुको मोतीपुरमा उद्धाटन गरेकी हुन् ।

सब स्टेशनबाट कपिलबस्तुको बाणगंगा, बुद्धभूमी, तौलिहवा, रुपन्देहीको सुद्धोदन गाउँपालिका, लुम्विनी सांस्कृतिक नगरपालिका र गौडीहवा गाउँपालिकाका एक लाख ग्राहक प्रत्यक्ष लाभान्वित हुने छन् । यस क्षेत्रका बासिन्दाले छिनछिनमा विद्युत जाने समस्याबाट छुटकारा पाएको उर्जा जल स्रोत तथा सिंचाई मन्त्रालयका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले बताए ।

सब स्टेशनको उद्धाटन गर्दै उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले सबै क्षेत्रमा उर्जाको रुपमा जलस्रोतको प्रयोग गर्नुपर्ने बताउँदै गरिबी मुक्त नेपाल बनाउन गरिबीको रेखामुनी रहेका जनतालाई विशेष राहात र सुविधा दिनुपर्ने बताइन् ।