देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चोरिएको मोटरसाइकलसहित एकजना पक्राउ

देशान्तर

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित एक जनालाई काठमाडौंको स्वयम्भु भुइँखेलबाट पक्राउ गरेको छ ।

कालीकोटको महावै गाउँपालिका-२ घर भई भक्तपुर सल्लाघारी बस्दै आइका २३ वर्षीय पञ्चबहादुर सिंहलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ। उनलाई बाँकेको कोहलपुरबाट हराएको प्रदेश ३-०२,००३ प २४७३ नम्बरको २०० सिसीको पल्सर एनएस मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

उक्त मोटरसाइकलको वास्तविक नम्बर भे १० प ४३६२ भएको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकल आशीष गुरूङको रहेको समेत पत्ता लागेको प्रहरीले बताएको छ। सवारी धनीलाई मोटरसाइकल भेटिएको जानकारी समेत दिइसकेको छ।

सिंहले चैत २ गते यातायात व्यवस्था कार्यालय बागमतीले सञ्चालन गर्दै आएको गुर्जुधाराबाट सवारी चालक अनुमति(पत्र ए वर्गको परीक्षामा जिल्ला बाँकेको खजुरा गाउँपालिका-३ का कविन्द्र शाहीको नागरिकता प्रमाणपत्रमा आफ्नो फोटो टाँसी प्रयोगात्मक पीक्षा दिएको समेत खुल्न आएको छ।