देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तेल ट्यांकरमा आगलागी : एक जनाको मृत्यु

देशान्तर

 

वीरगञ्ज – बारामा तेल ट्याङ्करमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्ज बस्ने ३० वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको हो । बिहीबार अपराह्न १६ः४० बजे अमलेखगञ्जस्थित आयल निगम भित्र ना।४ ख.२६५६ नं.को पेट्रोल ट्यांकरमा आगलागी भएको थियो ।

पेट्रोल अनलोड गर्न पार्किङ गरी राखेको अवस्थामा ब्याट्रीको तार सर्ट भइ ट्यांकरको क्याबिनमा आगलागी हुँदा सहचालक श्रेष्ठ घाइते भएका थिए । शरीर जलेर गम्भीर घाइते भएका उनलाई सुरुमा सिमरास्थित अल्पाइन अस्पतालमा लगिएको थियो ।