देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शनिगाउँमा १५ वर्षपछि प्रहरी चौकी स्थापना

देशान्तर

जुम्ला । जुम्लाको शनिगाउँमा स्वीकृत भएको १५ वर्षपछि प्रहरी चौकी स्थापना भएको छ । सिञ्जा गाउँपालिका वडा नम्बर ५ र ६ लाई लक्षित गर्दै स्थापना गरिएको प्रहरी चौकीको आज शुक्रवार उद्घाटन गरिएको छ ।

२०६३ सालमै प्रहरी चौकी स्थापनाका लागि नेपाल सरकारबाट स्वीकृति प्राप्त भएको ठाउँमा यस पटक प्रहरी चौकी स्थापना गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक डीएसपी नरेन्द्र चन्दले बताए ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले चौकी स्थापना भएपछि शान्ति, सुरक्षाको थप प्रत्याभूति दिने र शनिगाउँ क्षेत्रको विकासमा समेत प्रहरीले सघाउने बताए ।

प्रहरी नायब उपरीक्षक चन्दले अहिले शनिगाउँमा एक हवलदारसहित सात जना प्रहरीको टिम रहेको बताए ।

गाउँमा प्रहरी चौकी उद्घाटन भएपछि स्थानीयवासीले बाजागाजासहित स्वागत गरेका छन् । गाउँबाट टाढा मात्रै प्रहरी चौकी हुँदा असुरक्षित महसुस गरेकोमा प्रहरी चौकी स्थापनासँगै सुरक्षित महसुस भएको स्थानीयवासीको भनाइ छ ।