देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री देउवाद्वारा देशकै दोस्रो ठूलो सब–स्टेसनको उद्घाटन

देशान्तर

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको मन्थली नगरपालिका-१३ को साँखे (फुलासी) स्थित नयाँ खिम्ती ९२२०र१३२ के.भी. क्षमता) सबस्टेसन आज उद्घाटन गरेका छन् ।

सबस्टेसन स्वदेशी पूँजीमा निर्माण भएको मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको मुख्य भाग हो । माथिल्लो तामाकोसी आयोजनाले नै निर्मार्ण गरेको सबस्टेसन नेपालमा हालसम्म निर्माण र सञ्चालनमा रहेको ढल्केबरपछिको दोस्रो ठूलो सबस्टेशन हो ।

तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत जोडिने नयाँ खिम्ती सबस्टेसनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिने छ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत ४७ किलो मिटर लामो २२० के। भी। डबल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सबस्टेसन जोडिएको छ ।

माथिल्लो तामाकोसीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२।४ मेगावाट क्षमताको लिखु चौथो र २४.२ मेगावाट क्षमताको लिखु खोला ‘ए’ बाट उत्पादित विद्युत यही सबस्टेसनमा जोडिएको छ ।

त्यस्तै, नयाँ खिम्ती सवस्टेसनमा जोडिएको विद्युत ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केवरस्थित ४००र२२०र१३२ केभी सबस्टेसनमा लगिएको छ ।

ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व-पश्चिम पठाइएको छ भने बढी भएको विद्युत ढल्केबर(मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिएको छ । नयाँ खिम्ती सबस्टेसनबाट ४६ कि।मि। लामो १३२ केभी प्रसारण लाइनबाट सिन्धुपाल्चोकको लामो साँघूस्थित १३२ के।भी। सवस्टेसन हुँदै काठमाडौं उपत्यकासहित नेपालको राष्ट्रिय विद्युत प्रणालीमा विद्युत प्रवाह भइरहेको छ ।

नयाँ खिम्ति सवस्टेसनमा आठवटा २२० केभी ग्याँस इन्सुलेटेट स्वीचगियर बे र ६ वटा १३२ केभी एयर इन्सुलेटेट स्वीचगियर बे रहेका छन् । साथै, सबस्टेसनमा २२०र१३२ के.भी. ३३।३३ एमभीए क्षमताको चारवटा पावर ट्रान्सफरमरहरू जडान गरिएको छ ।

करिब १३७ रोपनी क्षेत्रफल रहने सबस्टेसनमा हाल करिब ५५ रोपनीमा २२०र१३२ केभी नयाँ खिम्ती सबस्टेसन निर्माण भएको छ ।

दैनिक पिकिङ प्रकारको माथिल्लो तामाकोसीले सुक्खा मौसममा पनि दैनिक कम्तीमा ४ घण्टासम्म पूर्ण क्षमतामा अर्थात् ४५६ मेगावाट विद्युत उत्पादन गरी नेपालको राष्ट्रिय विद्युत प्रसारण प्रणालीलाई ठुलो मद्दत पुर्‍याइरहको छ ।