देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हुम्लामा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु, ४०१६ म्यादी प्रहरी भर्ना गरिदै

देशान्तर

काठमाडौं – हुम्लामा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ । स्थानीय तह निर्वाचन २०७९ का लागि चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हुम्लाका लागि चार हजार १६ म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले बताए ।

छनोटका मापदण्ड समेत निर्धारण गरिएको छ । अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने भए पनि पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने जनाएको छ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउने छन् । त्यसका लागि मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न बापत सात हजार २०० रुपैयाँ, पोसाक र अन्य खर्च गर्ने गरी छ हजार रुपैयाँ, यातायात खर्च बापत एक हजार रुपैयाँ र बीमा सुविधा समेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

छनोट प्रक्रिया भने १५ चैत देखि प्रारम्भ हुने, नतिजा २२ चैत सम्म प्रकाशन गरिने र २८ गतेदेखि प्रशिक्षण सुरु गरिने भएको छ ।