काठमाडौँ – प्युठानमा भएको बस दुर्घटनामा एक वर्षीया बालिकाको मृत्यु भएको छ। थप १५ जना घाइतेलाई दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ।
दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले दुर्घटनामा घोराही उपमहानगरपालिका वडा नं। १ की एक वर्षीया अंशु परियारको मृत्यु भएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताए।
दुर्घटना शनिबार बिहान साढे १० बजेतिरको हो। प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना३ख ७१३२ नम्बरको बस दुर्घटना परेको हो।
दुर्घटनामा ३० जना घाइते भएको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ।





प्रतिक्रिया