देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

४५४३ नमुना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५ सय ४३ नमुना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै थप ४ सय ९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार ९ सय ९३ पीसीआर नमुना परीक्षण गर्दा ८ र २ हजार ५ सय ५० जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ९ गरी १७ जनाको रीपोर्ट पोजेटिभ आएको हो।

आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।