देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गुडिरहेको ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु

देशान्तर

भक्तपुर । मध्यपुरथिमि–३ कौशलटारमा रहेको अरनिको राजमार्ग सडक खण्डमा काठमाण्डौबाट भक्तपुरतर्फ आउँदै गरेको ट्र्याक्टरबाट खसेर आज एक जनाको मृत्यू भएको छ ।

ट्र्याक्टरबाट खसेर उदयपुर गाईघाट घर भइ ललितपुर इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यू भएको हो ।

गुडिरहेको मिक्सचर बोकेको ना ७ त २७७४ नंको ट्र्याक्टरबाट खसेर घाइते भएका कार्कीको उपचारका लागि नेसनल ट्रमा सेन्टर पुर्याइए पनि ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

ट्र्याक्टर चालक झापा कन्काई नगरपालिका–५ घर भइ ललितपुर इमाडोल बस्ने २७ वर्षीय रोशन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।