देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एआईजी बढुवा सिफारिसविरुद्ध उजुरी पर्‍यो

देशान्तर

काठमाडौं – नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)बढुवा सिफारिसविरुद्ध उजुरी हालिएको छ । बढुवाउपरको उजुरी सुन्ने समितिमा आइतबार ईश्वरबाबु कार्की, घनश्याम अर्याललगायत आईजीपी शैलेश थापाको ब्याचका डीआईजीहरुले उजुरी दिएका हुन् ।

वरीयता मिचेर सिफारिस गरेको भन्दै आफूहरू दाबेदार भएको उनीहरूको निष्कर्ष छ । बढुवा समितिले थपिएका तीन एआईजी दरबन्दीमा चैत १ गते डीआईजीहरू वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकको सिफारिस गरेको थियो ।

समितिको सिफारिसविरुद्ध एक साताभित्र उजुरी गर्न सकिने कानुनी व्यवस्था छ । सिफारिसमा परेका पन्त पनि आईजीपी थापाका ब्याची हुन् । अन्य दुई जना सिंह र धानुक एआईजी भए उनीहरू दुवै भावी आईजीपीका लागि प्रतिस्पर्धी मानिने छन् । सामाजिक सञ्जालमा सक्रिय ईश्वरबाबु कार्कीले सिफारिसविरुद्ध तीव्र असन्तुष्टि जनाएका छन् ।