देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

साढे दुई करोड ठगी गरेको आरोपमा एक महिला पक्राउ

देशान्तर

काठमाण्डौं – ठगी तथा आपराधिक बिश्वासघात गरेको आरोपमा प्रहरीले काठमाण्डौंबबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौं महानगरपालिका–१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठ रहेकी छन् ।

महानगरीय प्रहरी परिसर काठमाण्डौंबाट खटिएको प्रहरीले काठमाण्डौं महानगरपालिका–१६ बालाजुबाट उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौंले जनाएको छ।

पीडितको नवलपरासी जिल्लास्थित जग्गा÷जमिन खण्डीकरण र बिक्री गरी सो बापत दिनु पर्ने २ करोड ५६ लाख रुपैयाँ नदिई उनी फरार रहेकी प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको उक्त परिसरले जनाएको छ ।