देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन सङ्कलन

देशान्तर

काठमाडौँ – नुवाकोटका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन निवेदन सङ्कलन सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग गठन आदेश, २०७८ अनुसार आयोगको केन्द्रीय कार्यालयसँग सम्झौता गरेका जिल्लाका आठ स्थानीयतहले सूचना जारी गरेर निवेदन सङ्कलन सुरु गरेको हो ।

आयोगले गत फागुन २६ मा प्रकाशन गरेको ‘निवेदन दिनेसम्बन्धी ३५ दिने सूचना’ अनुसार आयोगको केन्द्रीय कार्यालयसँग सम्झौता गरेका जिल्लाका स्थानीयतहले वडा कार्यालयमार्फत निवेदन सङ्कलन सुरु गरेको जिल्ला अध्यक्ष अजुर्नप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार जिल्लाको म्यागङ, किस्पाङ, सूर्यगढी, लिखु, तादी, दुप्चेश्वर, शिवपुरी र ककनी गाँउपालिका भित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिको लागि जारी गरिएको सूचनाअनुसार निवेदन सङ्कलन गर्न वडास्तरीय समितिमार्फत निर्णय गराएर काम अघि बढाइएको छ ।

अहिले स्थापना भएको राष्ट्रिय भूमि आयोगले यसअघिका आयोगलगायतका समितिले सुरु गरेको तर सम्पन्न नभएका कामकारबाहीको पनि अपनत्व लिने निर्णय गरेको छ । चैत ७ गते सोमबार बसेको राष्ट्रिय भूमि आयोग, जिल्ला कार्यसमिति नुवाकोटको तेस्रो बैठकले राष्ट्रिय भूमि आयोग गठन आदेश अधिकार प्रयोग गरी विगतका आयोग, समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्नेसम्बन्धी कार्यविधिलाई तत्कालै कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ ।