देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजको मौसम

देशान्तर

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

आज (बुधबार) बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकि भू–भागको मौसम भने सामान्यतया सफा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो भने प्रदेश–१, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका केही स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार राती भने देशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य भू–भागमा भने मौसम सामान्यतया सफा हुनेछ ।

प्रदेश–१, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।