देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बिहीवारदेखि शुरु हुने पुष्प मेलाको तयारी पुरा

देशान्तर

काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले आयोजना गर्न लागेको पुष्प मेलाको तयारी पुरा भएको छ । बिहीवार देखि ललितपुरको जावलाखेलमा हुने पुष्प मेलाको तयारी पुरा भएको एशोसिएशनले जानकारी गराएको हो ।

एसोसिएसनका महासचिव विश्वमणी पोखरेलले ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु हुने एक्स्पोको तयारी पुरा भएको जानकारी दिए ।
मेला आगामी आइतवारसम्म चल्ने जानकारी गराउँदै महासचिव पोखरेलले मेला प्रदर्शनीले पुष्प व्यवसायको विकास, विस्तार तथा प्रबन्द्र्धनमा सघाउ पुर्याउने बताए ।

पुष्प मेलामा अफिसियल स्टल ४ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल २ वटा र व्यवसायिक स्टलका लागि ५६ वटा सहित जम्मा ६२ वटा स्टल रहने आयोजकले जानकारी गराएको छ ।

आयोजकका अनुसार मेलामा मौसमी फूल, आलकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधी आधुनिक पुष्प खेती प्रविधी र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहने छन् ।

मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहनेछ । मेलामा सहभागि भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु बीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधाहरुमा प्रथम हुने पुष व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने भएको छ ।