देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लेटाङमा हट्यो कर्फ्यू

देशान्तर

काठमाडौं । मोरङको लेटाङमा चार दिनदेखि लागेको कर्फ्यू आज बिहानदेखि हटाइएको छ ।

गत सोमबार विहान ७ बजेदेखि लगाइएको कर्फ्यू आदेश आज बिहान ६ बजेदेखि हटाएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।

लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले सोही विद्यालयकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपपछि सुुरू भएको प्रदर्शन अनियन्त्रित भएको थिए । उत्तेजित भिडको आक्रमणमा परी महिला प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको आइतबार राति निधन भएको थियो ।

थप क्षति हुन नदिन जिल्ला प्रशासन कार्यालय मोरङले सोमबारेदेखि लेटाङ बजारसहित घटनास्थल वरपर अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको थियो ।

बुधवार घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेपछि कर्फ्यू आदेश खुकुलो बनाउँदै आज बिहानदेखि पूर्ण रुपमा हटाइएको हो ।
प्रदेश प्रहरी विराटनगरले वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा एक डिएसपी, एक प्रहरी निरीक्षकसहितको पाँच सदस्यीय समिति गठन गरेको छ । समितिलाई १० दिनको म्याद दिइएको छ ।