देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै

देशान्तर

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी दिनदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदैछन् ।

उनी भारत हुँदै दिउँसो नेपाल अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको अनुरोधमा वाङले नेपाल भ्रमण गर्न लागेका हुन् ।

वाङले नेपालका राजनीतिक दलका शीर्षस्थ नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । भेटमा दुई देशबीचको सम्बन्ध र विभिन्न परियोजनाबारे छलफल हुने बताइएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि चीनका उच्च अधिकारीको यो पहिलो नेपाल भ्रमण हो ।